Logo

२०८३, श्रावण २७गते


images
images

'बझाङदेखि सेतोमसीसम्म'

'बझाङदेखि सेतोमसीसम्म'

images
  • सेतोमसी सहकर्मी
  • 'बझाङदेखि सेतोमसीसम्म'
    images
    images

    म सानै देखि  सबैको सामु बोल्नु अनि कार्यक्रम चलाउन भनेपछि म हुरुक्कै हुन्थें । बझाङको जयपृथ्वी  नगरपालिका वार्ड नं. १ मा रहेको नारायण माध्यामिक बिधालयमा कक्षा आठ  पढ्दाबाट अगाडि गएर बोल्न थालें । अनि बाल क्लब अन्य  विभिन्न पदमा बसेर कक्षा ८ बाट अगाडि सर्दै जान थालें । सुरुमा सबैको अगाडि बोल्न डर लागे पनि पछि बिस्तारै बोल्ने बानी पर्यो डर हराउन लाग्यो यसै गर्दै कक्षा १० सम्म सकृय हुँदै आए पछि जिल्ला बालक्लब कैलाशको अध्यक्ष   पनि भएँ । अनि मिडियाको क्षेत्रमा अगाडि बढन मन लाग्यो ।

    images
    images
    images


    २०६९ को चैत मा माध्यमिक शिक्षा परिक्षा एसईई दिएपछि २०७० सालदेखी   मिडियाको क्षेत्रमा अबल्ल दाइहरु जगत खड्का, ललित सिंह, आशिष भाईहरुबाट केही सिक्दै यस क्षेत्रमा अगाडि बढदै गएँ ।  सुरुमा कैलाश न्युज सेन्टरमा आशिष भाईसँग केही कुरा सिक्दै काम गर्दै गएँ । लगभग केही समय गरेपछि बिस्तारै आफुलाइ अझै बिकास गर्नुपर्छ भन्ने लागेर २०७२ सालदेखी फ्याट् फुट् समाचार लेख्दै जान थालें । अनि बिस्तारै सबैसङ्ग चिनजान बढदै गयो । अनि अतरीया अनलाइन खबर   सम्पादक सर राज कुमार साउद संगको चिनजाले मैले अतरीया खबरमा काम गर्न मौका पाएँ । २०७८ सालमा
    बिचको यात्रा अन्य अनलाईन तिर भए पनि प्रभावकारि तरिकाले काम गर्न सकिएन । यसै गर्दै केही बर्ष त बित्यो तर केही नयाँ कुरा सिक्न पाइएन ।

    images
    images
    images


    सेतोमसीमा काम गर्दैगर्दा समाचार लेखन शैलिमा म थप अगाडि बढने मौका पाएँ । समाचार कसरी लेखिन्छ ? कस्ता शब्द प्रयोग गर्नुपर्छ ? कसरी सुरुवात गर्नुपर्छ भन्ने कुरा यस सेतोमसी सङ्ग जोडिएपछी सिक्न पाएँ । 

    images
    images
    images


    समाचार लेख्दै जाँदा रेडियोबाट पनि समाचार  पढ्न रहर लाग्दै गयो । र, सामुदायिक रेडियो बझाङमा कुरा राखें । त्यसपछि त्यहा म पहिले नै नजिक भएको कारणले जगत खड्का  दाइ सङ्ग समाचार पढ्न थालें । जब रेडियोमा समाचार पढन थालें, त्यस दिनदेखी म झन् सबै सामु बिस्तारै परिचित हुन थालें  । र, पछिल्लो क्रम बझाङ जिल्लाको रेडियो बझाङमा  समाचारकै क्षेत्रमा जोडिन पाएं । त्यहाबाट मलाई झन परिचित हुने मौका मिल्यो । 


    पछि मैले  सामाजिक संजाल फेसबुकमा सेतोमसीका सम्पादक  बिष्णु पोखरेल सरसंग चिनजान भयो  । कुरा हुँदै गएपछि उहाँले मलाई सेतोमसीमा अवसर दिनुभयो । 


    गएको ८/९ महिनादेखि जब सेतोमसीमा जोडिन पाएँ । सेतोमसीमा काम गर्दैगर्दा समाचार लेखन शैलिमा म थप अगाडि बढने मौका पाएँ । समाचार कसरी लेखिन्छ ? कस्ता शब्द प्रयोग गर्नुपर्छ ? कसरी सुरुवात गर्नुपर्छ भन्ने कुरा यस सेतोमसी सङ्ग जोडिएपछी सिक्न पाएँ । उक्त सिकाइको लागि सेतोमसी पत्रीकाका सम्पादक आदरणीय बिष्णु पोखरेल सर प्रती पनि कृतज्ञ छु । 


    हाल म अन्य रेडियोहरुमा आबद्ध नभए पनि यहि सेतोमसीमा निरन्तर बझाङ संबाददाताको रुपमा काम गरिरहेको छु र यस सेतोमसी डिजिटल पत्रीकामा निरन्तर मेरो सहकार्य पनि हुनेछ । 

     रमेश बहादुर सिह 
     बझाङ संवाददाता
            सेतोमसी डट कम

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।