Logo

२०८३, श्रावण २७गते


images
images

'सत्य समाचार लेखेकै कारण शिशु यात्रामै भोगिएका 'थ्रेट' र मानसिक तनावले झन् बलियो बनायो'

'सत्य समाचार लेखेकै कारण शिशु यात्रामै भोगिएका 'थ्रेट' र मानसिक तनावले झन् बलियो बनायो'

images
  • 'सत्य समाचार लेखेकै कारण शिशु यात्रामै भोगिएका 'थ्रेट' र मानसिक तनावले झन् बलियो बनायो'
    images
    images

    रेडियो देवदहमा रात्रिकालिन कार्यक्रम चलाउन जाने क्रममा एक फोन आयो । फोन उठाएँ । परिचय भयो । राहुल जी नमस्कार  म बिष्णु पोखरेल सेतोमसी डट कम को सम्पादक । एक्छिन अवाक भएँ । के बोलु के भनु लाग्यो । सर नमस्ते सङ्गै सुरुवात भएको हाम्रो संवादले हामी दुबैलाइ भोलि बिहान ८ बजे चियागफ मा भेट्ने निष्कर्ष निकाल्यो । 

    images
    images
    images


    रेडियोमा कार्यक्रम चलाउने समयमा पनि यी कुराहरु खेलिरहे के हो कसो हो । बिहान संगितालयको कक्षा सकेर आठ बजे म श्री कस्तुरी मिष्ठान्न भन्डार पुगें । भित्र क्याविनको सिंगल टेबलमा बिष्णु पोखरेल हुनुहुन्थ्यो । सम्पादक पोखरेलले मलाइ सेतोमसीमा काम गर्नुहुन्छ भनी प्रस्ताव राख्दा फेरि पनि मन डरायो । मैले भने, म १८ वर्ष टेक्न मात्रै लागेको छु । पत्रकारीता सामन्य कुरा होइन । अनि पत्रकारीता गरिरहदा धेरै चुनौती र खतराको सामना गर्नु पर्छ । मैले यति भन्दै गर्दा मेरो कुरा नसकिदै उताबाट उत्तर आयो । तपाईं 'बस लेख्नुस्, बाँकी जिम्मा मेरो' । 

    images
    images
    images


    नाम अच्चमको काम झनै कठिन कसरी गरुँ ? मनमनै यही सोंचे अनि केही समय दिन अनुरोध गरेँ । यति संबादसङ्गै यो बिषयलाइ लिएर मैले सेतोमसीमा काम गरिरहेका मित्र रेशम अधिकारी सङ्ग सम्पादक पोखरेल र म बिच भएका सबै वार्तालाप सुनाएँ । रेशमले आफ्नो अध्ययन अनुकुल हुने गरि काम गर्न उपयुक्त हुने सल्लाह सङ्गै मैले सेतोमसीमा पत्रकारिताको पहिलो कलम चलाएँ । 

    images
    images
    images

    सधै फलानो कार्यक्रम सम्पन्न भयो । फलानोले खादामाला ग्रहण गर्नुभयो भन्ने समाचार सुन्ने र पढ्ने बानी लागेको मलाइ देवदहको एक बिद्यालयको समाचारले तनाब पुर्ण वातावरण सृजना गरिदियो । अझ गज्जवको कुरा के थियो भने त्यो बिद्यालय म स्वयम् अध्ययन गर्ने बिद्यालय थियो । 


    एक प्रकारले सेतोमसी फरक मिडियाका रुपमा देवदहमा स्थापित भैसकेको थियो । 


    सधै फलानो कार्यक्रम सम्पन्न भयो । फलानोले खादामाला ग्रहण गर्नुभयो  भन्ने समाचार सुन्ने र पढ्ने बानी लागेको मलाइ देवदहको एक बिद्यालयको समाचारले तनाब पुर्ण वातावरण सृजना गरिदियो । अझ गज्जवको कुरा के थियो भने त्यो बिद्यालय म स्वयम् अध्ययन गर्ने बिद्यालय थियो । 


    समाचार  लेखेकै कारण तमाम 'थ्रेट' आईरहे, मानसिक तनाब भैरहे । लाग्यो म सक्दिन । म छाड्छु भन्दै हतोत्साहित पनि बने । त्यस लगतै समाचारको प्रभावले पिडितले राहत पाएको खबर सुन्नासाथ  जीवनमा पहिलो पटक बेग्लै अनुभूति भयो ।
    सधै स्टेजमा कार्यक्रम चलाउने र रेडियोमा कार्यक्रम चलाउने बानी परेको मलाइ यसपाली भने यो समाचारले राम्रै तवरले चुनौती सङ्गै सफलताको मीठो स्वाद चखायो । 


    त्यसलगतै कोरोनाको माहोल सुरुभयो । कोरोनाको समयमा बाहिर हिडिरहनु पर्ने भएकाले गाउँमा कोरोना लिएर आयो भन्ने जस्ता कुराहरु पनि सहन गर्नुपर्यो । निरन्तर लागीरहदा कहिले काहीँ कतै आफैलाइ केही त हुने होइन भनी डर पनि लाग्यो । तर तमाम चुनौतीका वावजुद पनि सम्पादक पोखरेलको एउटै कुरा हुन्थ्यो "तपाईं गर्नुस्, बाँकी म मिलाउछु " यो वाक्यले सधै हौसला दिइरहन्छ । त्यसैको प्रतिफल स्वरुप १८ वर्षको उमेरमा देवदह शाखा प्रमुखको पद ग्रहण गर्दै देवदह नगरपालिकाभित्र अनलाइन मिडियाहरु मध्य पहिलो कार्यालय सेतोमसीले स्थापित गर्न सफल भयो ।


    भाइ समाजमा अरुलाई मन नपर्ने काम नगर भन्दै मैले लेखेका सत्य समाचारबाट प्रतिक्रिया आउने गर्थे । सत्यको पक्षमा लाग्दा केही समयलाइ समाजमा अपहेलीत भएता पनि परिस्थिति र समय सङ्गै सत्यको नै जित हुन्छ भन्ने सिद्दान्तको व्यवहारीक जीवनमा अनुभव गरायो सेतोमसीले ।


    चाकडी गर्ने र भएका गल्तीहरुलाइ ढाक छोप गर्ने प्रवृत्तीका अगाडि डटेर सामना गर्ने आंट सेतोमसीबाट मिल्यो । 


    कुनै पनि काम गर्नका लागि एक अर्काको सम्मान हुन आवस्यक छ भन्ने कुराको अनुभूति मलाइ सम्पादक बिष्णु पोखरेलको व्यवहारबाट अनुभुती भयो । आजसम्म उमेरले सम्पादक भन्दा हदै सानो भए पनि "राहुलजी" भन्ने यो नामले सेतोमसीमा चुनौतीपुर्ण काम गर्न हौसला दिरहन्छ ।


    सँधै साथिको जस्तो व्यावाहार गरि मेरा गुनासाहरु सुनिदिने र मेरो भावना अनुकुल मलाइ काम गर्न सिकाउनुहुने सेतोमसीका सम्पादक बिष्णु पोखरेल लगायत सबै अग्रजहरुमा हृदय देखि आभार ।

    राहुल देव सापकोटा 
    देवदह शाखा प्रमुख
    setomasi.com

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।