रूपक खड्का, बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङको नेतृत्वमा सदरमुकाम चैनपुरका खुद्रा तथा थोक पसल अनुगमन गरिएको छ । बजार अनुगमनको क्रममा दुई लाख बढिको म्याद गुज्रीएको सामान बरामद गरि नष्ट गरिएको छ ।
अनुगमनका क्रममा चैनपुर बजार क्षेत्रमा खोलिएका पसल दर्ता भए नभएको र म्याद नाघेको सामानको जाँच गरिएको थियो । अनुगमन टोलिले सबैभन्दा बढी हाम्रो ट्रेडर्स, न्यु मल्ल स्टोर र चन्द्रधनुष स्टोरबाट करिब २ लाख २ हजार ७ सय बराबरको म्याद नाघेको मदिरा तथा खाध्यबस्तुहरु बरामद गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यलय प्रमुख खड्क बोहराको संयोजकत्व खटिएको टोलिले करिब २०७५\२०७६ बर्ष मै समय सकिएका उपभोग्य बस्तुहरु बरामद गरि बाउलीखोलामा नष्ट गरेको छ ।
त्यसैगरि जिल्लाभित्रका सबैभन्दा ठुला पसलले नै अबैध सुर्तीजन्य पर्दार्थ र म्याद गुज्रिएका बस्तुहरु बिक्रीबितरण गर्दा नागरिकको स्वास्थयमा प्रत्यक्ष असर पर्न प्रमुख खडक बोहराले बताएका छन् । दुर्गम जिल्ला भएकाले डिलरहरुले ठुलोमात्रामा गोदाममा सामान राख्ने र समयमै बिक्रि नगरी लामो समयसम्म राख्दा म्याद गएपनि गाउँघरका अशिक्षित ब्यापारीलाई बिक्रिबितरण गर्ने गरेको बोहोराले बताए ।
म्याद नाघेको सामानमा सबैभन्दा बढी मदिरा बियर, जुस रहेका छन् ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ, वडा कार्यालय तथा नगरपालिकाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology