Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह बुद्ध पब्लिकमा विविध अतिरिक्त कार्यक्रम

देवदह बुद्ध पब्लिकमा विविध अतिरिक्त कार्यक्रम

images
  • देवदह बुद्ध पब्लिकमा विविध अतिरिक्त कार्यक्रम
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक क्यालेन्डर अनुसार शुक्रवारिय विविध कार्यक्रम सम्पन्न गरिएको छ । विद्यार्थीहरूमा रहेको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिँदै आएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    विद्यालयमा प्रि–प्राइमेरी, पूर्व–प्राथमिक (कक्षा १, २, ३), प्राथमिक (कक्षा ४, ५), निमावि, मावि र उच्चमावि (+२) तहका विद्यार्थीबीच फरक–फरक विधाका प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले जानकारी दिए । 

    images
    images
    images

    प्रि–प्राइमरी तहमा गणित दौड प्रतियोगिता, कक्षा १-३ तर्फ दौड प्रतियोगिता, कक्षा ४ र ५ तर्फ विद्यालयमा गठित बुद्ध पब्लिक बाल क्लबको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । त्यसैगरी कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच ठुला कक्षागत फुटबल प्रतियोगिता र +२ तहमा समेत कक्षागत फुटबल प्रतियोगिता सम्पन्न गरिएको थियो ।

    images
    images
    images

    प्रतियोगिताको नतिजा अनुसार +२ तर्फ कक्षा ११ गामा प्रथम, ११ बिटा द्वितीय र ११ डेल्टा तृतीय स्थानमा रहेका थिए । त्यस्तै, बालक्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा कक्षा ४ बिटाका समृद्धि न्यौपाने, अनुष्का पौडेल र पिप्लोन पुरी प्रथम, कक्षा ५ गामाका सार्थक भण्डारी, सिद्धार्थ अधिकारी र रिहाना लामा द्वितीय, तथा कक्षा ४ अल्फाका निराजन न्यौपाने, सिद्वान्त अग्रहरी र सृसा जोशी तृतीय स्थानमा घोषित भएका थिए ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद सूर्यवंशी, मावि इन्चार्ज मुक्ति विश्वकर्मा, +२ इन्चार्ज अनन्तराम भण्डारी, खेल संयोजक बलराम ज्ञवाली, प्राथमिक इन्चार्ज अञ्जना वली र आस्मिता गुरुङ लगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बुद्ध पब्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।