Logo

२०८३, आश्विन १०गते


images
images

अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कार्यमा सहयोग गर्ने माओवादी केन्द्र देवदहको निर्णय

अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कार्यमा सहयोग गर्ने माओवादी केन्द्र देवदहको निर्णय

images
  • अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कार्यमा सहयोग गर्ने माओवादी केन्द्र देवदहको निर्णय
    images
    images

    देवदह । भुमिहिनलाई जग्गा बितरण तथा अव्यवस्थित बसोबासीको ब्यवस्थापन गर्न भुमी सम्बन्धी समस्या समाधान आयोगले सुचारु गरेको कार्यको अपनत्व लिंदै लालपुर्जा वितरण गर्ने कुराको नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र) देवदहले स्वागत गरेको छ ।

    images
    images
    images


    बुधबार देवदहमा सम्पन्न पार्टी नगर पदाधिकारी र  सो पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघ देवदहको बैठकले सुकुम्बासी समस्याको समाधान गर्ने संघीय र स्थानीय सरकारको निर्णयको स्वागत गर्दै सो कार्यमा पार्टीपंक्तिले सम्पुर्ण सहयोग गर्ने निर्णय गरेको पार्टी नगर सचिव प्रशान्त गैरेले बताए  ।

    images
    images
    images


    साथै  सुकुम्बासी समस्या समाधानको पहल लिएर ६८ वटा स्थानीय तहमा देवदहलाई पनि समेटेकोमा भुमीसुधारमन्त्री शशी श्रेष्ठलाई धन्यवाद दिंदै बैठकले देवदहमा कायम सुकुम्बासी तथा अव्यवस्थित बसोबासको अनुगमनका लागि मन्त्री श्रेष्ठलाई देवदहमा बोलाउने निर्णय समेत गरेको सो पार्टीले जनाएको छ ।

    images
    images
    images


    नगर अध्यक्ष गोविन्द ठटराइको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्र  १ (१) का इन्चार्ज मोतिलाल ढकालको प्रमुख आतिथ्यता तथा सुकुम्बासी संघका केन्द्रिय सचिव भरत तिवारी र जिल्ला अध्यक्ष चोडाप्रसाद चापागाईं लगायतको उपस्थिती रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।