Logo

२०८३, आश्विन १७गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेसमा महाधिवेशन विवाद : कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेसमा महाधिवेशन विवाद : कार्यसम्पादन समितिको बैठक बस्दै

images
  • काँग्रेसमा महाधिवेशन विवाद : कार्यसम्पादन समितिको बैठक बस्दै
    images
    images

    काठमाडौं । एक महिनादेखि महाधिवेशन बारे निर्णय गर्न नसकेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    images
    images
    images

    बैठक ललितपुरको धोबीघाटस्थित कार्यबाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बस्न लागेको हो । महाधिवेशनबारे पार्टीमा विवाद बढेपछि शनिवार बस्ने बैठक अघि सहमति जुटाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

    images
    images
    images

    यस अघि बिहिवार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको पक्षमा शिर्ष नेताहरु नदेखिएको भन्दै अब तत्काल निर्णय गरेर विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेपछि संस्थापन पक्ष दबाबमा परेको छ । संस्थापन पक्षका शिर्ष नेता भने फागुन २१ को चुनावपछि मात्र अधिवेशन गर्ने पक्षमा रहेको छ ।

    images
    images
    images

    गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको कांग्रेस केन्द्रीय समितिको अर्को बैठक शनिवार २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरि बोलाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।