स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका-९ डुबिन बस्ने ३६ वर्षीय राम प्रसाद भट्टराईलाई एकनाले भरूवा बन्दुक १ थानसहित बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology