Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

साउदीमा भारतीय तीर्थयात्री चढेको बस दुर्घटनापछि आगलागी, ४० भन्दा बढीको मृत्युको आशंका

साउदीमा भारतीय तीर्थयात्री चढेको बस दुर्घटनापछि आगलागी, ४० भन्दा बढीको मृत्युको आशंका

images
  • साउदीमा भारतीय तीर्थयात्री चढेको बस दुर्घटनापछि आगलागी, ४० भन्दा बढीको मृत्युको आशंका
    images
    images

    काठमाडौँ । साउदी अरेबियामा भारतीय तीर्थयात्रीहरू बोकेको बस दुर्घटनामा परेको छ । साउदी अरेबियाको जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासले दुर्घटनाको पुष्टि गरेको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार दुर्घटनामा ४० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । तीर्थयात्री भारतको हैदरावादका भएको बताइएको छ । 

    images
    images
    images

    तेलंगाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गर्दै हेल्पलाइन केन्द्र स्थापना गरेको जानकारी दिएका छन् ।

    images
    images
    images

    साउदीस्थित भारतीय महावाणिज्य दूतावासलेसाउदी अरेबियाको मदीना नजिकै भारतीय तीर्थयात्रीहरू संलग्न भएको दुखद बस दुर्घटना भएको र सो दुर्घटनालाई ध्यानमा राख्दै, जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासमा नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी दिएको छ ।

    प्रारम्भिक जानकारी अनुसार, मक्काबाट मदीना जाँदै गरेको बस डिजेल ट्यांकरसँग ठोक्किएर आगलागी भएको बताइएको छ । दुर्घटनामा ११ महिला र १० बालबालिका समेत परेको गल्फ न्यूजले उल्लेख गरेको छ । दुर्घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।