राहुल देव सापकोटा, देवदह । शिवालय सामुदायिक वन उपभोक्ता समुह देवदहको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रम शिवालय सामुदायिक वनको कार्यालय देवदह ६ शिवालय टोलमा सम्पन्न भएको हो । कार्यक्रममा सो सामुदायिक वनका अध्यक्ष खेमानारायण अधिकारीले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपस्थित सबैलाइ धन्यवाद व्यक्त गरे ।
सामुदायिक वनको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शिवालय सामुदायिक वनकि लेखा समिति सद्स्य प्रेमकला ढकालले आफुहरु हिसाव र कारोवारमा पारदर्शी रहेको बताइन । कार्यक्रममा नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष बासुदेव रिमालले आफु वन संरक्षण र सम्बर्द्धन कार्यमा अहोरात्र लागेको बताए ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ६ कि वडा सदस्य यमुना पौडेल,नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण न्यौपाने लगायतले आफ्ना मनतव्य राखेका थिय ।कार्यक्रम सो सामुदायिक वनका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता,देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्रीको प्रमुख आतिथ्यता सोही वनकी उपाध्यक्ष यमकुमारी भुषालको स्वागत र शिवालय सामुदायिक वनका सचीव रामचन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology