नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ५, ६ र ७ मा फैलिएको शिवालय सामुदायिक वन उपभोक्ता समुहको आगामी वर्षको कार्ययोजना गोष्ठी सम्पन्न भएको छ। सोमबार वनको कार्यालय भवनमा कार्ययोजना गोष्ठी सम्पन्न भएको हो।
सो कार्यक्रममा अध्यक्ष राम चन्द्र पौडेलले यस वर्ष शिवालय सामुदायिक वन उपभोक्ता समुहले आफुले वनको आर्थिक अवस्था अनुसार र नगरपालिका र प्रदेशको सहयोगमा हुने कार्ययोजना पेश गरि पारित भएको बताए। अध्यक्ष पौडेलले शिवालय सामुदायिक वनले यो वर्ष धेरै नया कार्ययोजना गराइ काम गर्ने गरि अगि बढेको र यो वर्षमा सुरुवात भएको कामहरुलाइ निरन्तरता दिने र दिगोपन हुने गरि अगाडि सारेको बताए।
शिवालय सामुदायिक वनले आगामी वर्षको लागि ४० लाख ५० हजार बराबरको कार्ययोजना बनाएको छ। शिवालय सामुदायिक वनभित्र सिमसार पोखरी, जैबिक विविधता पार्क बनाउने र पुराना कार्यक्रमलाई निरन्तरता दिने तथा वनलाई जोगाउन तारबार, वृक्षरोपण र खोलामा तटबन्ध गर्ने लगायतका कार्ययोजना वनले अघि सारेको छ ।
कार्यक्रममा वनका पुर्ब अध्यक्ष खेमनारायण अधिकारी, दामोदर छेत्री, भिमलाल काफ्ले, सल्लाहकार संयोजक बासुदेब रिमाल, नेत्र प्रसाद काफ्ले लगायतले विचार प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology