Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पले साउदी अरेबियालाई दिए गैर-नेटो सहयोगीको दर्जा

ट्रम्पले साउदी अरेबियालाई दिए गैर-नेटो सहयोगीको दर्जा

images
  • ट्रम्पले साउदी अरेबियालाई दिए गैर-नेटो सहयोगीको दर्जा
    images
    images

    अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको तर्फबाट साउदी अरेबियालाई 'प्रमुख गैर-नेटो सहयोगी' को दर्जा दिने घोषणा गरेका छन् ।

    images
    images
    images

    यो घोषणा साउदी राजकुमार मोहम्मद बिन सलमानको  अमेरिकी भ्रमणमा रहेका बेला गरिएको हो ।

    images
    images
    images

    ट्रम्पले भनेका छन्- 'म हाम्रो सैन्य सहयोगलाई नयाँ स्तरमा लैजाँदैछौं भनेर घोषणा गर्न पाउँदा खुसी छु । हामी औपचारिक रूपमा साउदी अरेबियालाई 'प्रमुख गैर-नेटो सहयोगी' तोक्दैछौं ।'

    images
    images
    images

    'प्रमुख गैर-नेटो सहयोगी' बनेपछि अमेरिकाले साउदी अरेबियासँग सैन्य सहयोग बढाउनेछ, गुप्तचर जानकारी साझा गर्नेछ, र रक्षा प्रविधि र हतियारहरूमा सजिलो पहुँच प्रदान गर्नेछ । विश्वका २० देशहरूले मात्र यो मान्यता प्राप्त गरेका छन् ।

    'प्रमुख गैर-नेटो सहयोगी' को मान्यता पाउने देशमा अस्ट्रेलिया, इजिप्ट, इजरायल, जापान, न्यूजील्याण्ड, जोर्डन, अर्जेन्टिना, बहराइन, फिलिपिन्स, ताइवान, थाईल्याण्ड, कुवेत, मोरक्को, पाकिस्तान, ट्युनिसिया, ब्राजिल, कोलोम्बिया, कतार र केन्या रहेका छन् र अब सूचीमा साउदी अरेबिया थपिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।