देवदह । देवदहमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजना गम्भीर घाइते भएका छन् । दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२, ००१ ख ००४५ नं को बसले लु २९ प १५९१ नं को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएको खैरेनी प्रहरी चौकीले जनाएको छ ।
देवदह-७ शितलनगरस्थित कुलानन्द मार्ग नजिक पुर्व पश्चिम राजमार्गमा भएको दुर्घटनाका घाइतेलाई उपचारको लागि भलुही मेडिकल कलेज पठाइएको छ । घाइतेको खुट्टामा चोट लागेको र उनी बोल्न नसक्ने अवस्थामा भएकोले थप परिचय प्राप्त भइनसकेको प्रहरीको भनाइ छ ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक पनि सम्पर्कमा आएको जनाइएको छ ।
पछिल्लो समय देवदह क्षेत्रमा सवारी दुर्घटनाका घटना बढिरहेका छन् । खैरेनीदेखि भलुहीसम्मको मुख्य राजमार्गमै पछिल्लो दुई महिनामा चार वटा ठुला दुर्घटना भएका छन् । जसमा दुईजनाको ज्यान समेत गएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology