देवदह । देवदहमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो भएको दुर्घटनामा घाइते भएका पाल्पा बगनासकाली गाउँपालिका-९ का २२ वर्षीय सौरव विकको उपचारको क्रममा मृत्यु भएको खैरेनी प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते उनलाई उपचारको लागि प्रहरी देवदह मेडिकल कलेज पठाएको थियो । विक देवदह-७ उदयनगरस्थित आफन्तिकोमा आएको बुझिएको छ ।
बुधवार साँझ दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२, ००१ ख ००४५ नं को बसले लु २९ प १५९१ नं को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक विक गम्भीर घाइते भएका थिए ।
ठक्कर दिने बसको चालक भने अझै नियन्त्रणमा नआइसकेको खैरेनी प्रहरीले जनाएको छ ।
पछिल्लो समय देवदह क्षेत्रमा सवारी दुर्घटनाका घटना बढिरहेका छन् । खैरेनीदेखि भलुहीसम्मको मुख्य राजमार्गमै पछिल्लो दुई महिनामा चार वटा ठुला दुर्घटना भएका छन् । जसमा विक सहित तीनजनाको ज्यान गएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology