Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेसमा विशेष महाधिवेशनको माग : विशेष सभाबाट दिइयो दबाब

काँग्रेसमा विशेष महाधिवेशनको माग : विशेष सभाबाट दिइयो दबाब

images
  • काँग्रेसमा विशेष महाधिवेशनको माग : विशेष सभाबाट दिइयो दबाब
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशनका पक्षधरहरुले आज काठमाडौँमा विशेष भेला गरेका  छन् । 

    images
    images
    images

    कांग्रेसको विशेष महाधिवेशन बोलाउन दबाब दिने उदेश्यले गरिएको भेलामा केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूको उपस्थिति रहेका छन् ।  

    images
    images
    images

    राष्ट्रिय सभागृहमा भएको भेलामा तारामान गुरूङसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी र लुम्बिनी-गण्डकी प्रदेश सभापतिहरू अम्मरसिंह पुन, शुक्रराज शर्मालगायत सहभागी भएका छन् ।

    images
    images
    images

    सभामा नेता गुरूराज घिमिरे ले डेढ महिनासम्म महाधिवेशन कार्यतालिका नआएको भन्दै विधानअनुसार विशेष महाधिवेशनको माग गरेका छन् ।

    काँग्रेसमा विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए । काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने वैधानिक व्यवस्था रहेको छ । र तीन महिनाको समय पुस २८ गतेसम्म रहेको छ ।

    बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको माग बमोजिम महाधिवेशन गर्न काँग्रेस केन्द्रीय समितिले निर्णय गर्नुपर्ने उनीहरूको माग रहेपनि काँग्रेसका सभापति शेर बहादुर देउवासहितका नेताहरु फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने पक्षमा देखिएका छैनन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।