Logo

२०८३, आश्विन १७गते


images
images

काँग्रेस महाधिवेशन

यस्तो छ काँग्रेसको १५औ महाधिवेशनको कार्यतालिका

यस्तो छ काँग्रेसको १५औ महाधिवेशनको कार्यतालिका

images
  • यस्तो छ काँग्रेसको १५औ महाधिवेशनको कार्यतालिका
    images
    images

    काठमाडौँ । लामो समयको विवादपछि नेपाली काँग्रेसले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमवार बसेको केन्द्रिय समितिको बैठकले पार्टीको १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् ।

    images
    images
    images

    महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक पटक पटक बैठक सरिरहेको थियो ।  कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले केन्द्रीय समितिको बैठकमा पेश गरेर सर्वसम्मत पारित भएको महाधिवेशनको कार्यतालिका अनुसार केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण मंसिर २० गतेभित्र गर्ने, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने समय मंसिर २४ गतेसम्म तोकिएको छ ।

    images
    images
    images

    त्यस्तै एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य पुस ८ गतेभित्र सम्पन्न गर्ने समय तोकिएको छ भने एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने समय पुस १० गतेसम्म तोकिएको छ ।

    images
    images
    images

    त्यसैगरी दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि पुस ११ सम्म तोकिएको छ ।

    त्यस्तै नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर पुस १२ गते भित्र केन्द्रमा पठाउने, क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई पुस १४ गतेसम्म बुझाउने, केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित  क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई पुस १४ गते भित्र बुझाउनुपर्ने समय सीमा तोकिएको छ ।

    त्यस्तै काँग्रेसले सार्बजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुसार पुराना क्रियाशील सदस्यता नवीकरण मङ्सिर मसान्त भित्र गरिसक्नुपर्ने समय तोकेको छ भने जिल्लाले पुस ३ गते भित्र क्रियाशील सदस्यको नवीकरणको सुची केन्द्रमा पठाउनुपर्ने समय तोकिएको छ ।

    त्यसैगरी जनसम्पर्क समितिको क्रियाशील नवीकरण मङ्सिर मसान्त भित्र, नयाँ क्रियाशील सदस्य र नवीकरणको सूची पुस ३ गते भित्र केन्द्रमा पठाउनु पर्ने र केन्द्रबाट पुस ५ गतेसम्म सो नामावली स्वीकृत गर्नुपर्ने र अधिवेशन पुष १५ गते भित्र हुनुपर्ने समय तोकिएको छ ।

    त्यसैगरी काँग्रेसको गाउँ/नगर वडा अधिवेशन पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते,  प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते , दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते र प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने कार्यतालिका पारित गरिएको छ । त्यस्तै केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा हुने तालिका रहेको छ ।

    त्यस्तै काँग्रेसले महाधिवेशनका लागि आवश्यक पर्ने विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति, केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने विषय आवश्यक परामर्श गरेर सभापति/ कार्यवाहक सभापतिले गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।