Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

देवदहको शीतलनगरमा बलेरो र मोटरसाइकल ठोक्किए, तीनजना घाइते

देवदहको शीतलनगरमा बलेरो र मोटरसाइकल ठोक्किए, तीनजना घाइते

images
  • देवदहको शीतलनगरमा बलेरो र मोटरसाइकल ठोक्किए, तीनजना घाइते
    images
    images

    देवदह । देवदहको शीतलनगरमा बलेरो र मोटरसाइकल ठोक्किदा तीनजना घाइते भएका छन् । खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु. प्र. ००१ च २०२३ नं.को बलेरोले विपरित दिशाबाट आइरहेको लु १२ प ७६१७ नं. को मोटरसाइकललाई ठक्कर दिंदा तीन जना घाइते भएको खैरेनी प्रहरी चौकीले जनाएको छ । 

    images
    images
    images

    बिहिवार बेलुका ५:५५ मा शीतलनगर चोकमा भएको दुर्घटनामा घाइते भएका तिनै जना मोटरसाइकलमा सवार रहेको खैरेनी प्रहरी चौकीका इञ्चार्ज भीमसेन विष्टले सेतोमसीलाई जानकारी दिए । 

    images
    images
    images

    घाइते हुनेहरुमा मोटरसाइकल चालक नवलपरासी सुनवल-१ निवासी अन्दाजी ३५ वर्षीय किसन परियार, उनकी छोरी १४ वर्षिया एन्जिला परियार र सुनवल-२ निवासी २१ वर्षिया भुमि परियार रहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    घाइतेलाई देवदह मेडिकल कलेजमा पठाइएको र हाल उपचार भैरहेको प्रहरीको भनाइ छ ।  

    ठक्कर दिने बलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।