काठमाडौं । टर्कीकी एक स्थापित पत्रकारलाई राष्ट्रपतिको निन्दा गरेको अभियोगमा पक्राउ गरी जेलमा राखिएको छ। स्थानीय अदालतले सुनुवाइसम्म पत्रकार सेदेफ काबासलाई हिरासतमा राख्न आदेश दिएको हो। पत्रकार काबासलाई शनिबार पक्राउ गरिएको हो।
स्थानबुलबाट पक्राउ गरिएकी पत्रकार काबासलाई सुनुवाइ नहुँदासम्मका लागि हिरासतमा राख्न आदेश दिएको हो। उनीमाथि राष्ट्रपति रिसेप तैयप एर्डोगानको निन्दा गर्नका लागि लाइभ टेलिभिजनमा उखानको प्रयोग गरेको आरोप छ।
विपक्षीको समर्थनमा रहेको भनिएको टेलिभिजनमा कार्यरत पत्रकार काबासले राष्ट्रपतिलाई निन्दा गर्नका लागि उखान प्रयोग गरेको भन्ने आरोप अस्वीकार गरेकी छन्। उनीमाथि लगाएको आरोप प्रमाणित भएमा एकदेखि चारवर्षसम्म जेल सजाय हुनसक्छ।
उनले टेले १ टेलिभिजनमा ‘दरबारमा प्रवेश गर्दैमा साँढे राजा बन्दैन, बरु दरबार गोठ बन्छ’ भन्ने आशयको उखान प्रयोग गरेकी थिइन्। उनले सो उखान पछि ट्वीटरमा पनि पोस्ट गरेकी थिइन्। उनले सो उखान राष्ट्रपति एर्डोगानलाई लक्षित गरेर प्रयोग गरेको आरोप छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology