Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा

लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा

images
  • लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा
    images
    images

    काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।

    images
    images
    images

    शुक्रबार लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन् ।

    images
    images
    images

    यसका साथै जनकपुर बोल्ट्ससहित पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको प्लेअफको दौड समाप्त भएको छ ।

    images
    images
    images

    प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्स हाल १२ अंकसहित शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर खेल्ने निश्चित भएको छ भने लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने निश्चित भएको छ ।  अब विराटनगरले आफ्नो अन्तिम लिग खेलमा सुदूरपश्चिमलाई ठुलो अन्तरले पराजित गरेमा दोस्रो स्थानमा उक्लिएर पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ ।

    अब लिग चरणमा शनिबार दुई र आइतबार एक खेल हुने छन् ।  शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्ने छन् भने आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुने छ । 

    त्यस्तै पहिलो क्वालिफायर खेल मंगलबार हुने छ भने इलिमिनेटर खेल बुधबार र दोस्रो क्वालिफायर विहिबार हुने छ । त्यसैगरी यस सिजनको फाइनल खेल शनिबार हुने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।