Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

एमाले महाधिवेशन : नेतृत्व चयनमा सबैको नजर, सचिव पदमा धेरै आकांक्षी

एमाले महाधिवेशन : नेतृत्व चयनमा सबैको नजर, सचिव पदमा धेरै आकांक्षी

images
  • एमाले महाधिवेशन : नेतृत्व चयनमा सबैको नजर, सचिव पदमा धेरै आकांक्षी
    images
    images

    काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि शुरु हुदैछ । नेतृत्व चयनको यो महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय सदस्यको चयन हुने भएको छ ।

    images
    images
    images

    गत भदौमा भएको एमालेको विधान महाधिवेशनले सचिवालय र केन्द्रीय सदस्यको संख्या घटाउने निर्णय गरेको थियो । यस बीचमा यो संख्या बढाउने भनिएपनि शुक्रबार बसेको एमाले सचिवालय बैठकले विधान महाधिवेशनले तय गरे अनुसार नै पदाधिकारी र केन्द्रीय कमिटीको संख्यामा नेतृत्व चयन गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    एमालेको विधानले एक अध्यक्ष, ३ उपध्याक्ष एक महासचिव ३ उपमहासचित र ७ सचिवको व्यवस्था गरेको छ । 

    images
    images
    images

    नेतृत्व चयनमा अध्यक्षमा केपी शर्मा ओलीले एक पटक अझै अध्यक्ष बन्ने इच्छा देखाएका छन् । ओलीले अध्यक्षमा पुन: दाबी गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिने घोषणा गरिसकेका छन् । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको बताइएको छ भने उनलाई उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टसहित ६ जनाको समर्थन रहेको छ । १९ सदस्यीय एमालेको पदाधिकारीमा हाल टोपबहादुर रायमाझी निलम्बित रहेकाले १८ जना रहेका छन् । त्यस्तै ओलीको पक्षमा हालका १२ पदाधिकारी रहेका छन् ।

    त्यस्तै एमालेमा संगठनको हिसाबले सबैभन्दा बलियो पद महासचिवलाई मानिन्छ । हाल शंकर पोखरेल महासचिव रहेका छन् । पोखरेल महासचिवमा दोहोरिन चाहेपनि उनलाई ओली पक्षकै नेताहरु प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले चुनौती दिइरहेको बुझिएको छ । ओली निकट नेताहरुका अनुसार यस पटक प्रदीप ज्ञवालीले महासचिवमा आफ्नो दाबि पेश गरेका छन् र उनले उपाध्यक्ष या उपमहासचिवमा नबस्ने सन्देश अध्यक्ष ओलीलाई स्पष्ट रुपमा दिएका छन् । त्यस्तै ईश्वर पोखरेल पक्षबाट महासचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईले आफ्नो दाबि पेश गरेका छन् । तर ईश्वर पक्षले ओली पक्षको उम्मेदवार स्पष्ट भएपछि मात्र आफ्नो उम्मेदवार बाहिर ल्याउने रणनीति बनाएको बुझिएको छ । ईश्वर निकट नेताहरुले सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार बन्ने सम्भावन बढी रहेको बताएका छन् । 

    त्यस्तै यस पटक एमालेमा सचिव पदमा प्रतिष्पर्धा हुने देखिएको छ ।  ७ सचिवमा चार दर्जनभन्दा बढीको दाबेदारी रहेको छ । अहिले एमालेमा लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ र पदमा कुमारी अर्याल सचिव रहेका छन् । सचिव रहेका टोपबहादुर रायमाझी निलम्बित रहेका छन् । सचिव पदमा दाबि गर्ने प्रमुख नेताहरुमा महेश बस्नेत, गोकुल बास्कोटा, पदम गिरी, सुर्य थापा, खिमलाल भट्टराई, रामकुमारी झाँक्री, ठाकुर गैरे, माधव ढुंगेल, विशाल भट्टराई, राजन भट्टराई, भानुभक्त ढकाल, अग्नि खरेल, कर्ण थापा, शेरधन राई लगायत रहेका छन् । त्यसैगरी हाल सचिव रहेका रघुवीर महासेठ, पदमा अर्याल लगात उपमहासचिवमा बढुवाको इच्छा देखाएको बुझिएको छ । 

    अहिलेसम्म सहमतिको सम्भावना नरहेकोले पदाधिकारीका सबै पदमा निर्वाचन हुने निश्चित देखिएको छ । सबै पदमा विधुतीय मतदान गर्न महाधिवेशनको निर्वाचन समितिले यस अघि नै तयारी पुरा गरिसकेको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।