काठमाडौँ । गोकर्णेश्वर नगरका पुर्व मेयर एवं काँग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७६१ बिगो कायम गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर भएको छ । आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसे मेयर हुदा अकुत सम्पत्ति कमाएको भन्दै मुद्धा दायर गरेको हो ।
२०७४ देखि २०७९ सम्म मेयर हुदा चालिसेसहित उनका परिवारका सदस्यको कुल आय ४ करोड ८८ लाख ३५ हजार देखिएकोमा अनुसन्धानको क्रममा उनीहरुको सो समयमा ८ करो ५६ लाख ८३ हजारको कुल सम्पत्ति देखिएको जनाउदै अख्तियारले ३ करोड ६८ लाख ४७ हजार ७६१ को स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले चालिसेसहित उनकी श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे र बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ ।
चालिसे २०७९ को आम निर्वाचनमा काठमाडौँ-३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनी संघीय संसदको अर्थ समितिको सभापति समेत थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology