Logo

२०८३, श्रावण ३०गते


images
images

बिना नम्बरका क्रियाशील फारम वितरण बारे कोइरालाले गराए देउवाको ध्यानाकर्षण

बिना नम्बरका क्रियाशील फारम वितरण बारे कोइरालाले गराए देउवाको ध्यानाकर्षण

images
  • बिना नम्बरका क्रियाशील फारम वितरण बारे कोइरालाले गराए देउवाको ध्यानाकर्षण
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    मंगलवारको भेटवार्तामा काँग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवादबारे छलफल भएको बताइएको छ । कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले बिना नम्बरका फाराम जिल्लामा पठाएको विषयमा देउवाको ध्यानाकर्षण गराएका थिए ।

    images
    images
    images

    कोइरालाले क्रमसंख्या बिनाका फाराम पठाएको विषयले महाधिवेशन प्रक्रिया नै प्रभावित हुनसक्ने भन्दै तत्काल नम्बर भएका क्रियाशील फारम पठाउन सभापति देउवालाई आग्रह गरेका थिए ।

    images
    images
    images

    साथै कोइराले देउवासँग पार्टीले यस अघि विभिन्न नेताहरुलाई गरेको अनुशासनको कारबाही फुकुवा गर्न आग्रह गरेका थिए । कोइरालाले कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई साथ लिएर देउवासँग छलफल गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।