Logo

२०८३, श्रावण ३०गते


images
images

राहदानी

राहदानी विभागमा ३ लाख ९६ हजार राहदानी, मङ्सिर १५ सम्म आवेदन दिनेको छपाई सुरु

राहदानी विभागमा ३ लाख ९६ हजार राहदानी, मङ्सिर १५ सम्म आवेदन दिनेको छपाई सुरु

images
  • राहदानी विभागमा ३ लाख ९६ हजार राहदानी, मङ्सिर १५ सम्म आवेदन दिनेको छपाई सुरु
    images
    images

    काठमाडौँ । राहदानी विभागले अन्तरिम अवधिका लागि ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको छ । विभागले ७ लाख राहदानी आपूर्तिका लागि भएको सम्झौता अन्तर्गत ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको हो ।

    images
    images
    images

    राहदानी आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वितरण गर्ने जनाएको छ । विभागले जिल्ला र इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा कार्तिक १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी यस अघिकै सूचना अनुसार पठाई सकिएको र मङ्सिर १५ सम्म आवेदन दिने आवेदकहरूको राहदानी छपाई गरी यही पुस १५ भित्र विभागबाट पठाउने व्यवस्था गरिएको जनाएको छ ।

    images
    images
    images

    त्यस्तै मङ्सिर १५ गते पछि आवेदन दिने आवेदकहरूको राहदानी साबिक बमोजिम पौष १५ पछि क्रमशः छपाई गरी पठाइने व्यवस्था मिलाइने र विदेश स्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा छपाई गरी पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।

    images
    images
    images

    त्यस्तै राहदानी विभागबाट आवेदन दिन चाहने सेवाग्राहीका लागि माग अनुसार पर्याप्त राहदानी आवेदन स्लट उपलब्ध गराउने व्यवस्था मिलाइएको र साबिककै हिसाबमा सामान्यतः २ कार्य दिन भित्र राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राहदानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।