Logo

२०८३, श्रावण ३०गते


images
images

कास्कीमा नागरिकता लिनेभन्दा राहदानी लिने धेरै

कास्कीमा नागरिकता लिनेभन्दा राहदानी लिने धेरै

images
  • कास्कीमा नागरिकता लिनेभन्दा राहदानी लिने धेरै
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा कास्कीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जाने अनुमति पत्र अर्थात राहदानी बनाउने सेवाग्राहीहरु धेरै भएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

    images
    images
    images

    उक्त आर्थिक वर्षमा १७ हजार ६६३ जनाले कास्कीबाट राहदानी लिएका छन् । ८ हजार ६५ राहदानी तयार भएर आएका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा एक हजार ३२५ जनाको राहदानी सिफारिस भएर पनि आउन बाँकी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा २५ हजार ७२८ राहदानी इन्रोल गरिएको उनले बताए ।

    images
    images
    images

    उक्त आर्थिक वर्षमा ११ हजार २ सय जनाले बंशजका आधारमा नयाँ नागरिकता लिएका छन् । ८ हजार ९१३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । बैबाहिक अंगिकृत नागरिकता लिने ११ जना छन् । उक्त आर्थिक वर्षमा २० जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने ३५ जनाको नागरिकता रद्ध भएको छ ।
    जिल्ला प्रशासन कार्यालय कास्कीले राहदानी दस्तुर शिर्षकमा मात्र १० करोड ७२ लाख ७५ हजार दुई रुपैयाँ राजश्व संकलन भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राहदानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।