Logo

२०८३, श्रावण ३०गते


images
images

राहदानी वितरण नयाँ प्रणालीमार्फत गर्ने तयारी, असोजसम्म चाहिनेले तुरुन्त लिन आग्रह

राहदानी वितरण नयाँ प्रणालीमार्फत गर्ने तयारी, असोजसम्म चाहिनेले तुरुन्त लिन आग्रह

images
  • राहदानी वितरण नयाँ प्रणालीमार्फत गर्ने तयारी, असोजसम्म चाहिनेले तुरुन्त लिन आग्रह
    images
    images

    काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विभागले नयाँ आपूर्तिकर्तासँग सम्झौता गरेर राहदानी प्रणाली, राहदानी पुस्तिका लगायत आवश्यक प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिएको छ।

    images
    images
    images

    विभागका अनुसार आगामी एक-दुई महिनाभित्र हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ। यो परिवर्तनको अन्तरिम अवधिमा प्रणाली स्थिर हुन केही समय लाग्न सक्ने भएकाले राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाइएको छ।

    images
    images
    images

    यस क्रममा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी राहदानी विभागबाट दिइने सेवा करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने बताइएको छ।

    images
    images
    images

    नयाँ प्रणाली कार्यान्वयन भएपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिना लाग्न सक्ने विभागको भनाइ छ। त्यस अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार हुन अहिलेको भन्दा बढी समय लाग्न सक्ने विभागले स्पष्ट गरेको छ ।

    यस अवस्थालाई ध्यानमा राख्दै विभागले आगामी छ महिनाभित्र, अर्थात् २०८३ असोजसम्म राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन आग्रह गरेको छ ।

    नयाँ प्रणाली सुरु हुने मिति र त्यस अवधिमा गरिने व्यवस्थाबारे थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने पनि विभागले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राहदानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।