Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

अवैध लागूऔषधसहित चितवनबाट तीन जना पक्राउ

अवैध लागूऔषधसहित चितवनबाट तीन जना पक्राउ

images
  • अवैध लागूऔषधसहित चितवनबाट तीन जना पक्राउ
    images
    images

    चितवन । चितवनको माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट सहित सोही नगरपालिका-२ भैरवपुर बस्ने ३७ वर्षीय गणेश गुरूङ भन्ने बुद्धिमान गुरूङलाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

    images
    images
    images

    यसैगरी चितवन, भरतपुर महानगरपालिका-७ मनकामना टोलबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ मनकामना टोल बस्ने २८ वर्षीय उमेश तामाङ र सोही महानगरपालिका-११ विशाल चोक बस्ने गोरखा घर भएका २३ वर्षीय सिजन रेग्मी रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यलाय चितवनबाट खटिएको प्रहरीले बा.प्र ०३-००४ प १९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।