Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

नक्कली शाखा अधिकृत पक्राउ

नक्कली शाखा अधिकृत पक्राउ

images
  • नक्कली शाखा अधिकृत पक्राउ
    images
    images

    काठमाडौँ । आफुलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरि सरकारी कर्मचारीले लगाउने पोशाक समेत लगाईफाईदा लिन खोज्ने लगायतका कार्यमा संलग्न रहेका ललितपुरका समन श्रेष्ठलाई पक्राउ गरिएको छ । 

    images
    images
    images

    २३ बर्षिय श्रेष्ठलाई मंगलवार प्रहरीले टेकुबाट पक्राउ गरि सरकारी छाप तथा लिखत सम्वन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाईएको छ ।

    images
    images
    images

    अनुसन्धानको क्रममा उनले सिंहदरबार लगायत अन्य सरकारी निकायमा गई नभएको ओहदा तथा परिचय दिने गरेको, आफै उपस्थित भएर वा फोनबाट सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने गरेको र आर्थिक लाभ लिई विभिन्न व्यक्तिहरुलाई जागिर लगाईदिन्छु भनि झुक्याउने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।