Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्न काँग्रेसको निर्देशन

केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्न काँग्रेसको निर्देशन

images
  • केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्न काँग्रेसको निर्देशन
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय कार्यान्वयनका लागि पार्टीका सबै तहलाई निर्देशन दिएको छ । आइतबार पार्टीका प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा कार्यसमितिका सभापतिहरुलाई सर्कुलर पठाउदै शनिबारको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

    images
    images
    images

    काँग्रेसको शनिबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस अघि अनुशासनको कारवाही गरेका नेता कार्यकर्ताको कारवाही फिर्ता गरेको थियो । बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाहरुको बाँकी अवधि मिनाहा गर्ने निर्णय गरेको थियो । काँग्रेसले कार्वाही मिनाहा भएका व्यक्तिहरुको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

    images
    images
    images

    त्यस्तै बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका आह्वान गर्दै फर्किने नेता कार्यकर्तालाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । 

    images
    images
    images

    बैठकले विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रहि राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरुलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।