Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ : महामन्त्री शर्मा

कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ : महामन्त्री शर्मा

images
  • कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ : महामन्त्री शर्मा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने प्रतिक्रिया दिएका छन् ।

    images
    images
    images

    केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भाग लिने क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले आफूहरूले विधानअनुसार नै विशेष महाधिवेशन आह्वान गरेको बताउदै पार्टी नफुट्ने बताएका हुन् । 

    images
    images
    images

    उनले भने- 'नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ भने नराखे हुन्छ । यो परिस्थितिमा नयाँ नेतृत्वसहित नै चुनावमा जाने कुरा हुनुपर्ने हो । त्यसैले निर्धारित समयमा गर्न सकिएन । विकल्पका रूपमा विशेष महाधिवेशन नै हो ।'

    images
    images
    images

    उनले संस्थागत रूपमै विशेष महाधिवेशनका बारेमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरोस् भन्ने आफूहरूले चाहेको बताए ।

    महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापाले विहिबार नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशन आव्हान गरेका थिए । विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा महाधिवेशन गर्न भृकुटीमण्डपमा हल बुक समेत गरेर अगाडी बढेको अवस्थामा आज शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई महत्व दिएर हेरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।