Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

काँग्रेसलाई प्रदीप ज्ञवालीको सुझाव : लोकतन्त्र र संविधानको रक्षाका लागि आन्तरिक समस्या समाधान गर्नुस् !

काँग्रेसलाई प्रदीप ज्ञवालीको सुझाव : लोकतन्त्र र संविधानको रक्षाका लागि आन्तरिक समस्या समाधान गर्नुस् !

images
  • काँग्रेसलाई प्रदीप ज्ञवालीको सुझाव : लोकतन्त्र र संविधानको रक्षाका लागि आन्तरिक समस्या समाधान गर्नुस् !
    images
    images

    काठमाडौँ । विभाजन उन्मुख देखिएको नेपाली काँग्रेसलाई नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विगतमा एमाले र काँग्रेस बिभाजन हुदा मुलुकको लोकतन्त्रले चुकाएको मुल्य सम्झाएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले  प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्ने उल्लेख गरेका छन् । 

    images
    images
    images

    उनले भनेका छन्- 'प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्छ । दलहरू आन्तरिक रूपले कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ भन्ने अनुभव हामीले निकट अतीतमा देखे भोगेका छौँ- २०५४ मा भएको नेकपा ( एमाले) विभाजनले कसरी हिँसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो भन्ने तथ्यका रूपमा, र २०५९ मा भएको नेपाली काँग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो भन्ने यथार्थका रूपमा ।'

    images
    images
    images

    नेता ज्ञवालीले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वशर्त भएको बताएका छन् । उनले भनेका छन्- 'आशा गरौँ- लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि नै गंभीर चुनौती उपस्थित भएको यथार्थ र यिनको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारालाई बोध गर्दै नेपाली काँग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।