Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानको प्रदर्शनप्रति खामेनीको टिप्पणी : ट्रम्पलाई खुशी पार्न बदमाशको समुहले देशलाई क्षति पुर्याउदैछन्

इरानको प्रदर्शनप्रति खामेनीको टिप्पणी : ट्रम्पलाई खुशी पार्न बदमाशको समुहले देशलाई क्षति पुर्याउदैछन्

images
  • इरानको प्रदर्शनप्रति खामेनीको टिप्पणी : ट्रम्पलाई खुशी पार्न बदमाशको समुहले देशलाई क्षति पुर्याउदैछन्
    images
    images

    काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले देशमा भइरहेको विरोध प्रदर्शनप्रति प्रतिक्रिया जनाएका छन् । उनले प्रदर्शनकारीहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई 'खुशी पार्न' चाहने 'बदमाशहरूको समूह' भनेका छन् ।

    images
    images
    images

    शुक्रबार राष्ट्रिय टिभीमा सम्बोधन गर्दै खामेनीले बदमाशहरूको समूह तेहरान र अन्यत्र निस्किएर अमेरिकी राष्ट्रपतिलाई खुशी पार्न आफ्नै देशका भवनहरूमा क्षति पुर्‍याएको बताएका छन् ।

    images
    images
    images

    उनले भने- 'यो किनभने उनले (ट्रम्प) भनेका थिए, उनी दंगा गर्नेहरू र देशलाई हानि पुर्‍याउनेहरूलाई समर्थन गर्छन् । यदि उनी सक्षम छन् भने, उनले आफ्नै देश चलाउनुपर्छ ।'

    images
    images
    images

    खामेनीले ट्रम्पको हात १२ दिने युद्ध (इजरायलसँग) मा मारिएका एक हजार भन्दा बढी इरानीहरूको रगतले रंगिएको समेत बताए । उनले केही अनुभवहीन र लापरवाह मानिसहरूले ट्रम्पलाई विश्वास गर्न र उनको इच्छा अनुसार काम गर्ने गरेको समेत आरोप लगाए ।

    पछिल्ला केहि सातादेखि इरानमा देशव्यापी रुपमा जेनजी प्रदर्शन भइरहेका छन् । अहिलेसम्मका प्रदर्शनमा केहि सुरक्षाकर्मीसहित करिब ५० जनाको ज्यान गएको छ भने दुई हजार भन्दा बढी पक्राउ परेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।