Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

दाहालको निधनमा कांग्रेसको शोक प्रस्ताव पारित : तीन दिन झन्डा आधा झुकाउने

दाहालको निधनमा कांग्रेसको शोक प्रस्ताव पारित : तीन दिन झन्डा आधा झुकाउने

images
  • दाहालको निधनमा कांग्रेसको शोक प्रस्ताव पारित : तीन दिन झन्डा आधा झुकाउने
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

    images
    images
    images

    काँग्रेसले दाहालको निधनमा आजदेखि तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    काँग्रेसले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुंगामा शोक सभाको आयोजना गर्ने प्रस्ताव पारित भएको छ ।

    images
    images
    images

    दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । साथै उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए । 

    ८४ बर्षिय दाहालको गएराती वीर अस्पतालमा निधन भएको थियो ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।