Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

कपिलवस्तु र स्याङ्जाबाट एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ

कपिलवस्तु र स्याङ्जाबाट एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ

images
  • कपिलवस्तु र स्याङ्जाबाट एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ
    images
    images

    काठमाडौँ । कपिलवस्तु र स्याङ्जाबाट एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । 

    images
    images
    images

    कपिलवस्तुको कृष्णनगर नगरपालिका-१२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । 

    images
    images
    images

    त्यस्तै स्याङ्जाको विरूवा गाउँपालिका-६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरूसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।