Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानको प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी मारिएको दाबि

इरानको प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी मारिएको दाबि

images
  • इरानको प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी मारिएको दाबि
    images
    images

    काठमाडौँ । इरानमा सरकार विरोधी प्रदर्शनमा ५३८ जनाको मृत्यु भएको छ । जसमा ४९० प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी रहेका छन् । त्यस्तै अहिलेसम्म १० हजार ६०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ ।  अल जजीराले भने १०९ सुरक्षाकर्मी मारिएको रिपोर्ट गरेको छ ।

    images
    images
    images

    विगत दुई हप्तादेखि जारी यी प्रदर्शनहरूमा विदेशमन्त्री अब्बास अराघचीले प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूलाई मारेको र जिउँदै जलाएको आरोप लगाएका छन् । अराघचीले प्रहरी अधिकारीहरूमाथि भएको आक्रमणको भिडियो पनि सेयर गरेका छन् ।

    images
    images
    images

    विरोध प्रदर्शनको बीचमा, इरानले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिदै यदि उसले आक्रमण गरेमा इरानले अमेरिकी सैनिक र इजरायललाई लक्षित गर्ने बताएको छ ।

    images
    images
    images

    साथै इरानले प्रदर्शनकारीहरूलाई चेतावनी दिदै पक्राउ परेकाहरूलाई सबैभन्दा कठोर रूपमा व्यवहार गरिने र कडा सजाय दिइने बताएर प्रदर्शन दबाउन अझ कठोर हुने संकेत दिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरान पहिले कहिल्यै नभएको जस्तो स्वतन्त्रताको लागि तत्पर रहेको टिप्पणी गरेका थिए । उनले अमेरिका मद्दत गर्न तयार रहेको बताउदै प्रदर्शनकारीमाथि आक्रमण भए आफुहरुले पनि आक्रमण गर्ने चेतावनी दिएका थिए ।

    यसैबीच इरानी राष्ट्रपति मसूद पजगियानले संयुक्त राज्य अमेरिका र इजरायलले दंगा भड्काएर इरानमा अराजकता र अव्यवस्था फैलाउन खोजिरहेको आरोप लगाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।