Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

काँग्रेस नेता थानीको चुनाव नलडने घोषणा

काँग्रेस नेता थानीको चुनाव नलडने घोषणा

images
  • काँग्रेस नेता थानीको चुनाव नलडने घोषणा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नेता हृदयराम थानीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएका छन् ।

    images
    images
    images

    थानीले आफ्नो प्रतिकुल स्वास्थ्यका कारण आफु उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'म करीव २ महिनादेखि खुट्टामा देखिएको नसा सम्बन्धी समस्याले गर्दा सहजरुपमा हिडडुल गर्न समेत सकिरहेको छैन । डाक्टरको सल्लाह बमोजिम हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचार गरीरहेको छु । तसर्थ, मेरो प्रतिकुल स्वास्थ्य अवस्थाको कारण यहि माघ ६ गते रहेको मनोनयन दर्तामा समेत उपस्थित र तत्पश्चात सकृय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु ।'  

    images
    images
    images

    नेता थानी फागुन २१ को निर्वाचनका लागि सुर्खेत- २ बाट कांग्रेसको तर्फबाट उम्मेदवार सिफारीस भएका छन् । २०७९ को निर्वाचनमा थानी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनले एमालेका अमृत बहादुर क्षेत्रीलाई पराजित गरेका थिए ।   

    पछिल्लो समय काँग्रेसमा विशेष महाधिवेशनको विवाद हुँदा उनले गगन-विश्वको पक्षमा उभिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।