Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

बालेनले मेयरबाट आज राजीनामा दिदै

बालेनले मेयरबाट आज राजीनामा दिदै

images
  • बालेनले मेयरबाट आज राजीनामा दिदै
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आजै राजीनामा दिएर दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउने छन् भने राजीनामा पछि डंगोल कार्यवाहक मेयरको भूमिकामा हुने छिन् । 

    images
    images
    images

    बालेन फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनमा भाग लिन मेयर पद छोडेन लागेका हुन् । बालेनले झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवार बन्ने तयारी गरेका छन् ।

    images
    images
    images

    बालेन आज रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भएर आजै सभापति रवि लामिछानेसँग जनकपुर जाने कार्यक्रम रहेको छ । रास्वपाले जनकपुरमा सोमबार विशेष सभाको आयोजना गरेर चुनावी कार्यक्रमको शुरुवात गर्दैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन्द्र शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।