Logo

२०८३, श्रावण ३०गते


images
images

बालेन फकाउँदै एमाले : हिजो तबला गिफ्ट, आज यमबुद्धको सालिक बनाउने निर्णयको स्वागत

बालेन फकाउँदै एमाले : हिजो तबला गिफ्ट, आज यमबुद्धको सालिक बनाउने निर्णयको स्वागत

images
  • बालेन फकाउँदै एमाले : हिजो तबला गिफ्ट, आज यमबुद्धको सालिक बनाउने निर्णयको स्वागत
    images
    images

    काठमाण्डाै । लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र रूपमा निर्वाचनमा होमिएका बालेन्द्र साह 'बालेन'को चर्चा अहिले पनि सेलाएको छैन । कार्यपालिका बैठकको लाइभ प्रशारण गरेर होस् या काठमाडौं महानगरले बिग्रीएका भनेर थन्काएका ब्रुमर चलाएर होस् । उनले जनताको मन दिनानुदिन जितिरहेका छन् ।

    काठमाडौंको फोहोर व्यवस्थापनमा गम्भीर देखिएर समेत महानगरवासीको मन जितिरहेका उनका पछिल्ला दुई निर्णय भने आलोचनामुक्त हुन सकेनन् । सडक व्यापारीलाई व्यवस्थापन गर्ने क्रममा मकै पोलेर जिविकोपार्जन गर्ने दम्पतीलाई नगर प्रहरीले लछारपछार गरेको दृश्य सार्वजनिक भएपछि कतिपयले उनको आलोचना गरे भने र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्न महानगरले बजेटमै १५ लाख छुट्याएको निर्णय सार्वजनिक भएपछि अन्य नेता झै उनी पनि सालिक निर्माणमा जुटेको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भयो । अत्यधिक आलोचनापछि आफ्नो निर्णयबाट पछि हट्दै बालेनले उक्त सालिक आफ्नै तलबबाट बनाउने कुरा सार्वजनिक गरे ।

    तर, बालेन स्वयमले गलत महसुस गरेर आर्थिक बोझ महानगरलाई नपारी आफै सालिक बनाउने घोषणा गरिरहँदा निर्णय भएको कैयौं दिनपछि नेकपा एमालेका उपाध्यक्ष  उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएर बालेनको निर्णयमा एमालेले साथ दिने जनाउँ दिए ।

    सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पौडेलले भनेका छन् : ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

    यस अघि बुधबारमात्रै बालेनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका थिए ।

    यसरी उल्लेखित घटनाक्रम हेर्दा नेकपा एमाले बालेनलाई फकाइने र  नजिकै आएको प्रदेश र संघीय निर्वाचनमा बालेन प्रतिको जनमतलाई भावनात्मक रूपमा आफुतिर तान्ने रणनीति अनुसार एमालेले पाईला चालेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।