काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले महानगरको कार्यक्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनका लागि तीन दिने अल्टिमेम दिएका छन्।
दक्षिण भारतीय चलचित्र ‘आदीपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्द नसच्याएसम्म कुनै पनि भारतीय चलचित्रलाई काठमाडौं महानगरभित्र प्रदर्शन गर्न नदिने निर्णय बालेनले गरेका छन्।
‘दक्षिण भारतीय फिल्म ‘आदीपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले चलचित्रबाट संवाद सच्याउनका लागि तीन दिनको समय दिइएको जनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology