Logo

२०८३, आश्विन १७गते


images
images

आफ्नो लागि आफै प्याड बनाउँदै कावासोतीका किशोरीहरु

आफ्नो लागि आफै प्याड बनाउँदै कावासोतीका किशोरीहरु

images
  • सेतोमसी सहकर्मी
  • आफ्नो लागि आफै प्याड बनाउँदै कावासोतीका किशोरीहरु
    images
    images

    नवलपुर । महिनावारी को बेलामा प्रयोग गरिने प्याड को मूल्य वृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ । अन्य सामग्रीसँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनु पर्ने र यसको सर्वसुलभ उपलब्धताको लागि समेत आवाज उठ्ने गरेको छ ।
    यता कावासोतीका किशोरीहरु भने आफूलाई आवश्यक पर्ने प्याड आफैले निर्माण गर्नको लागि सिक्दै छन् ।

    images
    images
    images


    कावासोती नगरपालिकामा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत साथी शिक्षक किशोरीहरुले आफूले सिकेर अहिले आफूले पढ्ने विद्यालय र समुदायका अन्य व्यक्तिको लागि महिनवारी सरसफाई र प्याड निर्माणको अभियान सुरु गरेका छन्।

    images
    images
    images


    आज कावासोती नगरपालिका वडा नं १० मा रहेको जनता माविमा ३५ जना बालिकाहरूलाई महिनावारी सरसफाई तथा घरेलु प्याड गराउन सिकेका छन् ।।
    छात्रा विद्यार्थीहरु महिनावारी हुँदा आवश्यक पर्ने सरसफाइको को ज्ञान र प्याड गराउन पाउँदा खुसी देखिएका थिए ।

    images
    images
    images


    पहिला पहिला महिनावारीको बेलामा बिद्यालय नआउने र विद्यालयमा महिनावारी हुँदा कक्षा छोडेर घर जाने समस्याले गर्दा उनीहरुको पढाईमा असर पुग्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइको ज्ञान नहुँदा पनि उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको थियो । 


    अहिले विद्यालयमा प्याड उपलब्ध त भयको तर यो कपडाको पुन प्रयोग योग्य प्याड बजारिया भन्दा राम्रो अनि सस्तो पनि पर्ने र घरमा आफुलाई र अरूलाई पनि यो काम लाग्ने भएकोले खुसी लागेको सहभागी किशोरीले बताए ।


    “यस किसिमको तालिमबाट किशोरी विद्यार्थीहरुले महिनावारी हुँदा गर्नुपर्ने  सरसफाइ तथा आफुलाई आवश्यक पर्ने प्याड आफैले घरमा नै निर्माण गर्न सकिने कुराको जानकारी प्राप्त हुने भएकोले यो तालिम निकै उपयोगी र समय सान्दर्भिक रहेको विद्यालयको लैंगिक फोकल शिक्षकले बताउनु भयो ।


    जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत ३५ जना किशोरीलाई साथी शिक्षक (peer educator) को रूपमा तालिम हरु दियर उनीहरूको मार्फत कावासोती नगरपालिकाका विभिन्न वडा, विद्यालय तथा समुदायमा किशोरीहरुसंग सम्बन्धित विभिन्न विषयहरुमा तालिम र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको महासचिव दिपक शर्माले बताउनुभयो ।


    हामी कावासोती नगरपालिकालाई बालमैत्री र किशोरीमैत्री वातावरण निर्माणको अभियानमा निरन्तर लागिरहेका छौं | यस अभियानलाई सार्थक र फलदायी बनाउन सम्पूर्ण सरोकारवारवाला सबैले हातेमालो गर्न आवश्यक देखिन्छ, महासचिव शर्माले भन्नुभयो ।


    किशोरी शसक्तिकरण अभियानअन्तर्गत समुदाय तथा विद्यालयमा रहेका बाल विवाह, सानो उमेरमा नै बच्चा जन्माउने, लागू औषधको प्रयोग, अनलाईनको दुरुपयोग जस्ता समस्याहरुको पहिचान गरी ती समस्याहरु समाधानका लागि स्वयं किशोर र किशोरीहरुको सहभागितासहित अभिभावक सचेतना कार्यक्रम संचालन, बाल क्लवहरुको क्षमता अभिवृद्धि गरी अभियानहरू संचालन,  जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई जिम्मेवार तथा जवाफदेही बनाउने, सहभागिता अभिवृद्धिको लागि पहलहरु गर्ने जस्ता कार्यक्रमहरु रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।