Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

तत्काल इरान छोड्न नेपाली नागरिकलाई सरकारको आग्रह

तत्काल इरान छोड्न नेपाली नागरिकलाई सरकारको आग्रह

images
  • तत्काल इरान छोड्न नेपाली नागरिकलाई सरकारको आग्रह
    images
    images

    काठमाडौँ । नेपाल सरकारले इरान भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ । आइतबार परराष्ट्र मन्त्रालय इरानमा भइरहेको विकासक्रमलाई ध्यानमा राख्दै, नेपाली नागरिकहरूलाई अवस्था सामान्य नभएसम्म इरानको यात्रा गर्ने योजना स्थगित गर्न सल्लाह दिएको छ ।

    images
    images
    images

    मन्त्रलायले हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध कुनै पनि माध्यमबाट सकेसम्म चाँडो देश छोड्न सल्लाह दिएको छ ।

    images
    images
    images

    इरानमा रहेका नेपाली नागरिकहरूलाई पनि देशबाट आपतकालीन निकासको लागि राहदानी र परिचयपत्र लगायतका आफ्नो यात्रा कागजातहरू तयार राख्न मन्त्रालयले अनुरोध गरेको छ ।

    images
    images
    images

    इरानमा लगातार भइरहेको सरकार विरोधी प्रदर्शन र अमेरिकाले इरानमाथि आक्रमण गर्ने तयारी गरेको अवस्थामा मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई सतर्क गराएको हो ।

    साथै मन्त्रालयले समन्वयको लागि परराष्ट्र मन्त्रालय, काठमाडौँ (टेलिफोन: +९७७-०१४२००१८२-८५, +९७७-९८६२६७८४३७, इमेल: waa@mofa.gov.np) र नेपाल दूतावास, दोहा (टेलिफोन: +९७४-६६२१ ४४१९, इमेल: eondoha@mofa.gov.np) मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।