Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

नीति र नेतृत्वको हिसावले नेपाली कांग्रेस नयाँ पार्टी हो : उम्मेदवार खत्री

नीति र नेतृत्वको हिसावले नेपाली कांग्रेस नयाँ पार्टी हो : उम्मेदवार खत्री

images
  • नीति र नेतृत्वको हिसावले नेपाली कांग्रेस नयाँ पार्टी हो : उम्मेदवार खत्री
    images
    images

    देवदह । नेपाली कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं १ का उम्मेदवार हिराबहादुर खत्रीले नीति र नेतृत्वको हिसावले नेपाली कांग्रेस नयाँ पार्टीको रुपमा स्थापित भएको बताएका छन् । 

    images
    images
    images

    युवाहरुको चाहना र देशको आवश्यकता बमोजिम नेपाली कांगे्रस परिवर्तित भएकाले कांग्रेसलाई नयाँ मान्नुपर्ने उनले बताए ।

    images
    images
    images

    प्रतिनिधिसभा निर्वाचनको लागि सम्पर्क कार्यालय उद्घाटनको क्रममा देवदहको वडा नं ४ र तिलोत्तमा १२ मा बोल्दै उनले पछिल्लो क्रममा राजनीतिमा उठ्ने गरेको नयाँ भन्ने शब्दको परिभाषा सहित बहस र छलफल थाल्नुपर्ने धारणा राखे । 

    images
    images
    images

    ‘पछिल्लो पटक निर्वाचन आयोगमा दर्ता भएको हिसावले नयाँ पार्टीको परिभाषा खोज्ने हो भने निर्वाचन आयोगको ढड्डा पल्टाउनुपर्ने हुन्छ ।’ उनले भने, ‘राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने आम युवाको प्रतिनिधित्व गर्नेगरी कांग्रेस रिफर्म भएको छ ।’

    वडा नं १२ का सभापति छोटेलाल यादव र देवदह ४ का मनमोहन यादवको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय प्रचार प्रसार संयोजक हरिप्रसाद काफ्ले, महासमिति सदस्य मणिप्रसाद शर्मा, एकबहादुर सुनार, देवदह नगर सभापति गुणाखर भुर्तेल लगाएत पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।