Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कप : छनोट खेलमा रूपन्देही र बर्दिया विजयी

पीएम कप : छनोट खेलमा रूपन्देही र बर्दिया विजयी

images
  • पीएम कप : छनोट खेलमा रूपन्देही र बर्दिया विजयी
    images
    images

    भैरहवा । प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल सुरु भएका हुन् ।

    images
    images
    images

    सोमबारदेखि सुरु छनोट खेलमा रुपन्देही र बर्दिया विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बर्दियाले पश्चिम नवलपरासीलाई पनि ७ विकेटले नै पराजित गर्दै जीत निकालेको हो ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ५० ओभरमा ३७ ओभर १ बल खेल्दै सवै विकेट गुमाएर १ सय ८ रनको झिनो योगफल बनायो । उसका लागि रौनक श्रीवास्तवले ३१, मोहम्मद सहबाज मुसलमानले २४ र शिव कुँवरले २० रन बनाए । बलिङमा रुपन्देहीका मौसम ढकालले ५ तथा अजय चौहानले २ विकेट लिए ।

    images
    images
    images

    जवाफमा रुपन्देहीले १२ ओभर ३ बलमा ३ विकेट गुमाएर १ सय ९ रन बनाउँदै सहज जीत निकाल्यो । रुपन्देहीको जितमा देव खनालले अविजित ७५ रनको अर्धशतकीय पारी खेले । यस्तै, आकाश त्रिपाठीले १८ रन जोडे । बलिङमा कपिलवस्तुका महेश भरले २ तथा जीवन मौर्यले १ विकेट लिए । खेलमा मौसम ढकाल प्लेयर अफ द म्याच भए ।

    एक्स्ट्राटेकमा भएको अर्को खेलमा सुरुमा ब्याटिङ गरेको नवलपरासीले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि जितेन्द्र केवटले ५५, भरतकुमार मगरले ४२, सम्राट भुसालले ३० र दीलिप कुर्मीले २४ रन बनाए । बलिङमा बर्दियाका स्लोप चौधरी र निखिल खत्रीले ३-३ विकेट लिए ।

    जवाफमा बर्दियाले ४२ ओभर ३ बलमा ३ विकेट गुमाएर २ सय ३९ रन बनाउँदै जीत निकाल्यो । बर्दियाको जितमा सुमित श्रेष्ठले १ सय ८ रनको शतकीय पारी खेले । यस्तै, नितेष न्यौपानेले ४२ तथा हर्षल भण्डारी र अशिम गिरीले समान २९ रन जोडे । बलिङमा नवलपरासीका सुमित थापाले २ तथा भरतकुमार मगरले १ विकेट लिए । खेलमा सुमित श्रेष्ठ प्लेयर अफ द म्यच भए ।
    माघ २४ गतेसम्म चल्ने छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।