Logo

२०८३, आश्विन १७गते


images
images

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

images
  • न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
    images
    images

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने धादिङ थार्के गाउँपालिका-७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका-४ घर भएका ३१ वर्षीय नविन दमाई रहेका छन् ।  

    images
    images
    images

    पक्राउ मध्ये अन्जनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १७ लाख १० हजार रूपैयाँ र नविनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अन्जनलाई काठमाडौं महानगरपालिका-३१ बाट र नविनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।