Logo

२०८३, श्रावण ३०गते


images
images

इरानसँगको वार्ताको नतिजा सकारात्मक नआए नराम्रो हुनसक्छ : ट्रम्प

इरानसँगको वार्ताको नतिजा सकारात्मक नआए नराम्रो हुनसक्छ : ट्रम्प

images
  • इरानसँगको वार्ताको नतिजा सकारात्मक नआए नराम्रो हुनसक्छ : ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा नतिजा ननिस्किएमा नराम्रो हुने धम्की दिएका छन् ।

    images
    images
    images

    ट्रम्पले इरानसँग वार्ता गरिरहेको जानकारी दिदै सकारात्मक परिणाम नआएमा नराम्रो हुने धम्की दिएका हुन् । ट्रम्पले भने- 'हामी हाल इरानसँग वार्ता गरिरहेका छौं, र मलाई आशा छ, परिणाम सकारात्मक हुनेछ, किनकि यदि त्यसो भएन भने, केहि नराम्रो हुन सक्छ ।'

    images
    images
    images

    ट्रम्पले उनको प्रशासनका प्रतिनिधिहरू इरानी सरकारसँग वार्तामा रहेको र वार्ताबाट परिणाम सकारात्मक आउने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images

    इरानी विदेशमन्त्री अब्बास अराघची र ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ बीच आगामी केही दिनमा सम्भवतः टर्कीको इस्तानबुलमा प्रत्यक्ष भेटघाट हुने अनुमान बढ्दै गएको समयमा ट्रम्पको यस्तो भनाई आएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजदूत स्टीव विटकफ, उनका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर र इरानी विदेशमन्त्री अब्बास अराघची बैठकमा सहभागी हुने बताइएको छ ।

    टर्की, कतार र इजिप्टका वरिष्ठ अधिकारीहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ । मिडिया रिपोर्टका अनुसार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान र पाकिस्तान जस्ता अन्य देशका प्रतिनिधिहरू पनि सहभागी हुन सक्ने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।