Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

काठमाडौंको विभिन्न स्थानहरूमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न पक्राउ

काठमाडौंको विभिन्न स्थानहरूमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न पक्राउ

images
  • काठमाडौंको विभिन्न स्थानहरूमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न पक्राउ
    images
    images

    काठमाडौँ ।  काठमाडौंको विभिन्न स्थानहरूमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न पक्राउ परेका छन् । 

    images
    images
    images

    काठमाडौँका विभिन्न स्थानमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घर भित्रबाट नगद तथा सुन चाँदीका गरगहना चोरी गर्ने गरेका नेपालगन्ज उपमहानगरपालिका ३ घर भइ काठमाडौंको सितापाईला बस्ने वर्ष ४१ को सुप्रिम विकाश, सौरभ  चौधरी भन्ने प्रेम थारूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images

    निज प्रतिवादी २०७९ मङ्सिरमा प्रहरी वृत्त बौद्धबाट २ वटा चोरी कसुरमा पक्राउ परी कारागार चलान भइ ३ वर्ष कैद भुक्तान गरेको समेत अभिलेखमा देखिएको र उक्त किसिमका चोरीका घटनाको सम्बन्धमा ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला डाइमण्ड, विभिन्न देशका मुद्रा लगायत सहित  ३ करोड ६ लाख १४ हजार २०० रुपैयाँ बराबरको चोरी भएको बिगो सहित हालसम्म ९ जना पीडित सम्पर्कमा आएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    उनीहरुसँगबाट प्रहरीले ७६४.३५ ग्राम सुन, ११५९.२६ ग्राम चाँदी, नगद नेपाली रुपैयाँ एक लाख ६३ हजार ६५५, १५.२६ ग्राम डायमण्ड, ११० अमेरिकी डलर,  ५५ सय भारुसहित अन्य विदेशी मुद्रा बरामद गरेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।