Logo

२०८३, आश्विन १८गते


images
images

अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

images
  • अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
    फाइल फोटो
    images
    images

    काठमाडौं । वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे पाँचखल नगरपालिका-३ घर भएका ३५ वर्षीय रूपेश लामिछाने र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३५ वर्षीय हिरा तामाङ रहेका छन् । 

    images
    images
    images

    पक्राउ मध्ये रूपेशले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र हिराले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूपेशलाई काठमाडौं महानगरपालिका-३२ बाट र हिरालाई ललितपुर, ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।