Logo

२०८३, आश्विन १७गते


images
images

गुल्मीको मुसीकोटमा एकैरातमा ७ स्थानमा चोरी

गुल्मीको मुसीकोटमा एकैरातमा ७ स्थानमा चोरी

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीको मुसीकोटमा एकैरातमा ७ स्थानमा चोरी
    images
    images

    लोक प्रसाद छन्त्याल, गुल्मी । मुसिकोट नगरपालिका केन्द्र वामीटक्सार बजारमा गए राति सात  स्थानमा चाेरी भएको छ।  गएराती करिब १:२० बजे देखी ३ बजेसम्म चोरी भएको स्थानीय प्रहरीले जनाएको छ। 

    images
    images
    images


    प्रहरीका अनुसार बजारको  जिप काउन्टरको एक घरबाट तीन हजार, श्रेष्ठ स्टेसनरी पसलबाट करिब तीस हजार, बुद्धबिहारबाट ऐतिहासिक दुईसय बर्ष पुरानो बुद्ध मुर्ति नजिकको  दानपेटीकामा रहेको करिब पन्द्र हजार रकम चोरि भएको छ। बुद्ध विहारमा  बुद्ध पुर्णिामाको दिन एक बर्षमा मात्रै २५ हजार  दानको रकम गन्ने गरिन्थ्यो ।

    images
    images
    images


    यसैगरि परोपकारी सहकारी सस्थाको ताला तोडीएपनि केहि चोरी नभएको अध्यक्ष गोपि कृष्ण खरेलले जानकारी दिए । ताला तोडीएको शिवालाय मन्दिरको  पनि मुर्ति लगिएको छैन । 

    images
    images
    images


    यता  रोहिना फोटो स्टुडियोबाट जम्मा सात सय रुपैयाँ  चोरी भएको जनाईएको छ । 

    स्थानीय   सागर स्टोरमा जडित सिसि  क्यामरा फुटेज हेर्दा नकावधारी एक व्याक्ती क्यामरा नजिक आएको क्यामरा घुमाएको र स्थानिय चुरामणि सापकोटाको पसल सिसि क्यामेराकाे फुटेजमामा तीन जना सोही ब्यक्तीसंग अरु दुई जना देखिएकोले यी चोरी गर्ने समुह अझै धेरै हुन सक्ने अनुमान गरिएको छ ।

    घटनाको वामी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    दुई महिना अघि ईन्फिनिटि लघुवित्तिय संस्था रहेको भवन तोडेर संस्था सहित दुई कार्यालयबाट ७५ हजार चोरी भएको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # मुसीकोट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।