Logo

२०८३, श्रावण ३०गते


images
images

भेनेजुएलाका विपक्षी नेता गुआनिपाको अपहरण

भेनेजुएलाका विपक्षी नेता गुआनिपाको अपहरण

images
  • भेनेजुएलाका विपक्षी नेता गुआनिपाको अपहरण
    images
    images

    काठमाडौँ । भेनेजुएलाका प्रमुख विपक्षी नेता जुआन पाब्लो गुआनिपालाई आइतबार राति अज्ञात सशस्त्र समूहले अपहरण गरेको छ ।

    images
    images
    images

    जेलबाट रिहा भएको केही घण्टामै राजधानी काराकासको लोस चोरोस क्षेत्रमा उनलाई बलपूर्वक लैजाँदै गरिएको परिवार र विपक्षी नेताहरूले बताएका छन् ।

    images
    images
    images

    विपक्षी दल प्रिमेरो हुस्तिसियाका नेता गुआनिपालाई सर्वसाधारण पोशाकमा आएका करिब १० जना सशस्त्र व्यक्तिहरूले चार सवारी साधन प्रयोग गरी नियन्त्रणमा लिएको विपक्षी नेतृ तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना माचादोले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

    images
    images
    images

    गुआनिपाका छोरा रामोनले यो घटनाको विरोध गर्दै आफ्नो बाबुको जीवित रहेको प्रमाण माग गरेका छन् । प्रिमेरो हुस्तिसिया पार्टीले भने अपहरणको जिम्मेवारी सरकारमाथि लगाएको छ ।

    ६१ वर्षीय गुआनिपा आठ महिनाभन्दा बढी जेलमा बसेपछि आइतबार मात्रै रिहा भएका थिए । मानवअधिकार समूहका अनुसार सोही दिन कम्तीमा ३० राजनीतिक बन्दीहरूलाई रिहा गरिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेनेजुएला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।