Logo

२०८३, आश्विन ९गते


images
images

काठमाडौँ महानगरमा आधारभूत तहको 'प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन' विषयमा ५४० जना शिक्षकलाई प्रशिक्षण

काठमाडौँ महानगरमा आधारभूत तहको 'प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन' विषयमा ५४० जना शिक्षकलाई प्रशिक्षण

images
  • काठमाडौँ महानगरमा आधारभूत तहको 'प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन' विषयमा ५४० जना शिक्षकलाई प्रशिक्षण
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरले आधारभूत तहको प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यशाला सम्पन्न गरेको गरेको छ ।पद्मकन्या स्रोत केन्द्रमा आयोजित कार्यशालामा नेपाली, गणित, अंग्रेजी, सामाजिक, विज्ञान तथा प्रविधि र स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक गरी ६ वटा विषयका ४-४ जनालाई प्रशिक्षक बनाउन प्रशिक्षण दिएको हो ।

    images
    images
    images

    यसरी उत्पादन हुनु भएका प्रशिक्षकबाट हरेक विषयका ९० जना शिक्षकलाई तालिम दिनेछ । यसरी प्रदान गरिएको तालिमबाट ५४० जना शिक्षकहरु प्रश्नपत्र निर्माण तथा मूल्याङ्कनका लागि प्रशिक्षित हुने महानगरले जनाएको छ । 

    images
    images
    images

    विद्यार्थी मूल्याङ्कनका तरिका र प्रत्रपत्र निर्माणलाई स्तरीय तथा समान, समयसापेक्ष एवं वैज्ञानिक बनाउन प्रशिक्षण आयोजना गरिएको हो । यसका लागि काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा संघ सरकारको लगानीमा महानगरपालिकाले १ अर्ब ३२ करोड रुपियाँ लगानी थप गरेको छ ।  तालिमबाट महानगरपालिकाले आधारभूत तहको सिकाइ मूल्याङ्कन गर्ने विधिमा समानता आउने र शिक्षकहरुका लागि यो नयाँ अभ्यास हुने बताइएको छ ।

    images
    images
    images

    राष्ट्रिय पाठयक्रम प्रारूप, २०७६ आधारभूत तहअन्तर्गत कक्षा ४ र ५ को पाठयक्रम २०७८ मा स्वीकृत भएर कार्यान्वयनमा आएको छ । यो प्रारुप २०७९ मा संशोधन भएको छ । आधारभूत तह अन्तर्गत कक्षा ६, ७ र ८ को पाठ्यक्रम, २०७७ सालमा स्वीकृत भएर कार्यान्वयनमा छ । पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४ देखि ८ सम्म तहगत र कक्षागत विषयगत विशिष्टिकरण तालिका विकास गरिएको छ । विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० जारी गरिएको छ । 

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) ज मा आधारभूत शिक्षा तथा माध्यमिक शिक्षा अन्तर्गत स्थानीय तहको काम, कर्तव्य र अधिकार अन्तर्गत शिक्षण सिकाइ, शिक्षक तथा कर्मचारीको तालिम र क्षमता विकास सम्बन्धी काम पर्छन् । राष्ट्रिय शिक्षा नीति, २०७६ का १३ बटा उद्देश्यमध्ये ‘शिक्षा प्रणालीका विभिन्न अवयवहरुमा रहेर सेवा प्रवाह गर्ने जनशक्तिलाई उत्कृष्ट नतिजा प्रदर्शन गर्न पेशागत योग्यता, सक्षमता, इमान्दारिता, प्रतिवद्धता र जवाफदेहिता सुनिश्चित गरेर शैक्षिक सुशासन कायम गर्नुलाई एउटा प्रमुख उद्देश्यमा राखिएको छ । 

    २०७९ देखि २०८८ सम्मका लागि तर्जुमा गरिएको विद्यालय शिक्षा क्षेत्र योजनाले शिक्षाका सबै संरचना र संयन्त्रमा काम गर्ने जनशक्ति र संस्थाको क्षमता अभिवृद्धि गर्नुलाई विद्यालय शिक्षामा सुशासन तथा व्यवस्थापनको प्रमुख उद्देश्य मानेको छ । आर्थिक वर्ष २०८१/८२ देखि २०८५/०८६ सम्मको १६ औँ योजनाले स्थानीय तह मार्फत शिक्षक सहायता प्रणालीको प्रबन्ध गर्ने कुरा उल्लेख गरेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।