इलाम । इलाममा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
माङसेबुङ गाउँपालिका–३ का २० एक वर्षीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी परेपछि प्रहरी चौकी बाँझोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology