Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

दाङमा एमालेको झण्डा जलाउने घटनामा संलग्न एक जना पक्राउ

दाङमा एमालेको झण्डा जलाउने घटनामा संलग्न एक जना पक्राउ

images
  • दाङमा एमालेको झण्डा जलाउने घटनामा संलग्न एक जना पक्राउ
    images
    images

    दाङ । दाङको तुलसीपुर उप-महानगरपालिका-५ स्थित बिरेन्द्र चोकमा भएको झण्डा जलाउने घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    विहिबार राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रममा भीडभाडका बीच केही अपरिचित व्यक्तिहरूले नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम वोहराका अनुसार सो घटनामा संलग्न रहेका तुलसीपुर उप-महानगरपालिका-७ कालाखोला निवासी ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइएको छ । पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताउँदै जिल्ला प्रहरी कार्यालय दाङले समाजमा शान्ति-सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्‍याउने यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ । साथै, सम्पूर्ण सरोकारवाला पक्षलाई संयमित र जिम्मेवार बन्न समेत अनुरोध गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।